राजनीति

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


काठमाडौँ – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको हो । पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् ।

विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । १०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

त्यस्तै, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४७ मत परेको छ भने २ मत तटस्थ देखिएको छ ।