कोरोना विशेष

२४ घण्टामा ३९० मा कोरोना पुष्टि, ५ जनाको मृत्‍यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,६५४ रहेका छन् ।