देश

तिहारपछि खुलेको पहिलो दिन सुनको मूल्यमा ह्वात्तै वृद्धि


काठमाडौँ – तिहार सकिएलगत्तै नेपाली सुनचाँदीको बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो अन्तिम पटक भएको कारोबार मूल्यभन्दा आज एकै पटकमा १५०० ले वृद्धि भएको हो ।

कार्तिक १८ गते कारोबार भएर बन्द भएको सुनचाँदीको व्यवसाय आज २२ गते चार दिनको दिनमा खुल्दा ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहारपछि पहिलो पटक बजार खुलेको आज सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसअघि अन्तिम पटक भएको कारोबारमा प्रतितोला ९१ हजार तोकिएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।