राजनीति

विवादका बीच प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादका बीच ६ इजलासमा ७ मुद्दाको पेशी तोक्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोक्नुभएको हो । पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश जबराले आज आफ्नो इजलाससमेत तोक्नुभएको छ ।