मौसम

नेपालमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना


काठमाडौँ – अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव नेपालमा पनि परेको छ । जसका कारण नेपालमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । आजराति देशभर आंशिक बदली रहने मौसमविद्हरुले बताएका छन् ।