समाचार

जंगली हात्तीको आक्रमणबाट चितवनका एक युवकको मृत्यु


काठमाडौँ — चितवनमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार राति राप्ती नदीको ड्यामसाइड घुम्न गएका व्यक्तिहरु माथि हात्तीले आक्रमण गरेको थियो ।

राप्ती-१ घलानचोक बस्ने २८ वर्षका सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । सोही ठाउँका ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ पनि ड्याम साइड घुम्न गएका थिए ।

हात्तीले लखेटेपछि भागेका सागरको बिहान मकवानपुरको मनहरी(खयरघारीमा शव भेटिएको हो । हात्तीको आक्रमणबाट कृष्ण लामा पनि घाइते भएका छन् ।