राजनीति

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । ओली आज मध्याह्न साढे १२ बजेतिर शीतलनिवास पुगेका हुन् ।
तर, भेटमा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल हुने बताइएको छ । एमालेको महाधिवेशन आउँदो मंसिर १०–१२ गते चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल भएको हुन सक्ने स्रोतले जानकारी गराएको छ । अहिलेसम्म भेटको विषयबारे भने खुलाइएसकेको छैन ।