समाचार

बसको ठक्करबाट भैली खेल्न हिडेका २ जनाको मृत्यु


काठमाडौँ – मकवानपुरमा देउसी भैलो खेल्न हिडेका दुई जनाको बसको ठक्करबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीस्थित भैलो खेल्न हिडेका सोही स्थानका २० वर्षको सुरज विष्ट र चितवन पिप्ले–३ बस्ने ३४ को प्रेम बहादुर सिंह ठकुरीको मृत्यु भएको हो।

भैलो खेल्नै हिडेका अन्य आठ जना पनि घाइते भएका छन् । उनीहरु मध्ये पाँच जनाको हेटौडास्थित चुरेहिल अस्पतालमा र बाँकी तीन जनाको चितवनको अस्पतालमा उपचार गरिएको छ । सात जना अस्पतालबाट डिस्चार्ज भइसकेको छन् भने एक जनाको चितवनामा अझै उपचार भईरहेको छ ।

हेटौंडाबाट नारायणगढ तर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर थिएको थियो । दिने बसलाई आक्रोशित स्थानीयले ठक्करको बसमा आगजनी गरेका छन् । सोही क्रममा आगो निभाउन गएको दमकलमाथि पनि स्थानीयले तोडफोड गरेका छन् । स्थिति तनावपूर्ण भएपछि प्रहरीले लाठी चार्ज नै गर्नुपरेको थियो । लाठिचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमाल समेत घाइते भएको छ ।

आगजनी भएको बस पूर्णरुपमा क्षति भएको छ भने दमकलमा पनि क्षति पुगेको छ । ठक्कर दिने बस चालक भने फरार छन् ।