काठमाडौँ — पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा भएको भीषण बम विष्फोटमा परी कम्तीमा ८४ जनाको मृत्यु भएको छ ।
उक्त विष्फोटमा परी दर्जनौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय सञ्चारमाध्यममा देखाइएका भिडियो फुटेजमा सडकमा क्षतविक्षत् अवस्थामा शवहरु छरिएको देखिएको छ ।
फ्रिटाउनका मेयर यवोन अकी–सावयेरले विष्फोटबाट ठूलो संख्यामा मानवीय क्षति भएको र यसको विस्तृत विवरण आइनसकेको बताएका छन् । एक सय जनाभन्दा बढीको उक्त घटनामा मृत्यु भएको हुनसक्ने उनको अनुमान छ ।
सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख ब्रीमा बुरेह सेसेयले घटना हृदय विदारक भएको बताएका छन् । घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन ।
प्रतिक्रिया