समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा टीका ग्रहण


काठमाडौँ — पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन् । पूर्व राजा शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ । टीकापछि पूर्व राजा शाहले आफ्नो फेसबुक वालमा सामुहिक तस्वीर सार्वजनिक गरेका छन् ।