समाचार

छठमा प्रयोग हुने बाँसको सामग्री बनाउन डोम समुदायमा चटारो (भिडियोसहित)


काठमाडौँ –छठ पर्व आउन अब केही दिन मात्र बाँकी छ । छठ पर्व नजिकदैँ गर्दा पुजामा प्रयोग हुने बाँसको सामग्री बनाउन तराईका डोम समुदाय भने व्यस्त छन् ।

तराईमा विशेष महत्वका साथ मनाइने चाड छठ नजिकिदै गर्दा पर्वमा प्रयोग हुने बाँसको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति, कोनिया, ढाकी लगायतका सामग्रीहरु बनाएर व्यापारी र उपभोक्तासम्म पु¥याउन स्थानीय डोम समुदायलाई भ्याई नभ्याई छ । डोम समुदायका परिवारका सबै सदस्यहरु बाँसका सामाग्रीहरु बनाउन दिनभरी व्यस्त देखिन्छन् । केही वर्ष अगाडीसम्म तराईका मधेशी समुदायले मात्र मनाउँदै आएको छठ देखासिखी पहाडी समुदायका मानिसहरुले पनि मनाउन थालेकाले दिनानुदिन श्रद्धालुहरुको सख्यामा बृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाइएका समाग्रीहरु सबैलाई पुरयाउन भने सकस देखिन थालेको छ ।

गएको वर्ष भने कोरोना संक्रमण कारण श्रद्धालुहरुले तामझाम नगरी साधारण तरिकाले घरको आँगनमै खाल्टो खनेर पानी जम्मा गरि छठ पुजा गरेका थिए । जसले गर्दा बाँसबाट तयार पारिएका सामाग्रीहरुको माग पनि कम भएको थियो । तर यसपटक भने पोखरी, तलाउ र नदीमै गएर छठ पुजा हुने भएको र बाँसको सामाग्रीहरुको पनि माग बढेकोले स्थानीय डोम समूदायलाई बाँसको छिट्टी (टोकरी), नाङ्लो,ढकिया लगायतका सामाग्रीहरु बनाउन भ्याई नभ्याई भएको हो । यसबाट उनीहरुले मनग्गै आम्दानी लिन पनि सफल भएका छन् ।

आम्दानीको प्रमुख श्रोत बंगुर पालन रहेको डोम समुदायको दोस्रो श्रोत बाँसको सामाग्री पनि रहेको छ । ‘एउटा बाँसको अहिले बजारमा तीन सय देखि तीन सय पचास रुपैयासम्म पर्छ । तर सिजनमा कमाई भएपनि अरु बेला भने खाली बस्नुपर्ने बाध्यता उक्त समूदायमा रहेको छ ।

छठ पर्वमा बाँसकै सामग्रीहरुको आवश्यक पर्ने र बाँसको सामाग्री बिना पुजा शुद्ध पनि नहुने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका डोम समुदाय यस बेलामा राम्रो आम्दानी गर्ने गरेका छन् । विभिन्न भाकल पुरा गर्न छठ पर्व मनाइने गरिन्छ भने धेरैजनाले अरुलाई देखेर पनि मनाउने गर्दछन् । छठ पूजा गर्नेहरुको संख्यामा वृद्धि हुँदै जाँदा बाँसको सामग्रीको माग पनि बढ्दै गएको छ । यस वर्षको छठ कार्तिक २३४ गते बुधबार परेको छ ।