राजनीति

मुख्यमन्त्री शाहीले अझै गरेनन् मन्त्रीमण्डल बिस्तार



काठमाडौैँ –कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् ।

माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए । माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा (एकिकृत समाजवादी) का ३ जना सांसदहरुले समर्थनमा शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएकै दिन मन्त्रिपरिषद् विस्तार हुने अनुमान गरिएको भए पनि शाहीले राति साढे आठ बजे एक्लै मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफुसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठूलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने नेकपा (एकीकृत समाजवादी)ले ३ मन्त्रालयको माग गरेको छ ।

कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।

मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकीकृत समाजवादीलाई २ मन्त्रालय र आफुसँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले सरकार विस्तार ढिलाई भएको एकीकृत समाजवादीका एक सांसदले बताए ।