समाचार

२४ घण्टामा थपिए १८३ जना संक्रमित



काठमाडौँ –पछिल्लो २४ घण्टामा चार हजार ८४४ जनाको स्वाब परीक्षण गर्दा १८३ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण देखिएकामध्ये दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जनामा र दुई हजार ५३७ जनाको एन्टिजन परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ।त्यस्तै, आज कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४३८ पुगेको छ।पछिल्लो २४ घण्टामा ६४९ जना निको भएका छन्। अहिलेसम्म सात लाख ९४ हजार ४३८ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या आठ हजार ४१३ रहेको छ।