राजनीति

विभिन्न शीर्ष नेताको नेतृत्वमा एकीकृत समाजवादीकाे पाँच विभागले पार्यो पूर्णता


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले पार्टीले विभिन्न शीर्ष नेताहरुको नेतृत्वमा पाँच विभागलाई पूर्णता दिएको छ। पार्टीको केन्द्रीय सचिवालयको बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको हो ।

विभागले बिहीबार नै पूर्णता पाए पनि एकीकृत समाजवादीले बिहीबार मात्र यसबारे सार्वजनिक गरेको हो । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी गराएको हो ।

झलनाथ खनालको नेतृत्वमा विदेश विभाग गठन गरिएको छ । यो समिति प्रमेश हमाल उपप्रमुखसहित अरु ९ जना सदस्य छन् ।

बेदुराम भुसालको नेतृत्वमा संगठन विभाग, डा.गंगालाल तुलाधरको नेतृत्वमा शिक्षा विभाग तथा विपद् व्यवस्थापन विभाग गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

यस्तै गोविन्द कोइरालाको नेतृत्वमा सहकारी विभाग गठन गरिएको छ।