समाचार

राजधानीका शहरमा भाई मसला किन्नेको चहल–पहल (फोटोफिचर)


काठमाडौँ – काठमाडौँको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाई मसला किन्नेहरुको चहल पहल बढेको छ । भाई टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् ।

दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ । भाइ मसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसले हरुले पनि विक्री गरिरहेका छन् । त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरुबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।

समग्रमा विगत दुई दिन यता भाइ मसला किन्नेहरुको भीड बढेपनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी बताउँछन् । हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरु सबै सामग्री मिसिएको रेडिमेट प्याकेटको भाइमसलाबाट भने आकर्षित भएका छन् ।