राजनीति

देउवा र प्रचण्डले एमसीसी पास गराउन पत्र पठाएको खुलासा(भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् । एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाइएको खुलासा देउवाले गरेका हुन् ।

कोप–२६ सम्मेलन साइडलाइनमा भएको एमसीसी सीइओ एलेक्सिया लाटोट्रीसँगको भेटमा आफूले यस्तो जवाफ दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी दिए । आज बिहान स्वदेश फर्किएका देउवाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’ उनीहरु बीच मंगलबार भेटवार्ता भएको थियो ।