राजनीति

चाँडै चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपालको आग्रह


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय संसद्को चुनाव आफ्नै समयमा हुने बताउनुभएको छ । मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो ।
आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने उहाँले जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धन कसैले भत्काउन नसक्ने उहाँको दाबी छ । अब केही समयमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तथा प्रतिनिधिसभाको उपनिर्वाचन हुने उहाँले बताउनुभयो । निर्वाचनमा कलम चिह्न भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने उहाँले बताउनुभयो ।