राजनीति

दैनिक ३९ मेगावाट विद्युत बेच्दै नेपाल: के नेपाल बिजुलीमा आत्मनिर्भर भएकै हो ?


काठमाडौँ – नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ । अनुमति पाए लगत्तै मंगलबार मध्यरातबाट नेपालले ३९ मेगावाट भारतीय बजारमा पठाएको छ । केहि वर्ष अघिसम्म विजुली अभावका कारण दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपेको नेपालले लोडसेडिङ घटाउन भारतबाट झन्डै ७ सय मेगावाटसम्म विद्युत खरिद खरिद समेत गरेको थियो ।

यसअघि भारतले नेपालसँग कहिल्यै विद्युत खरिद गरेन, नेपालको विद्युत पैचो अवधारणमा प्रयोग गर्दै आएको थियो । मंगलबारबाट ऐतिहासिक रुपमा भारतले नेपालबाट विद्युत खरिद गरेको छ । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएपछि अब पैचोमा नभई प्रतिस्पर्धाबाट नगदमा भारतलाई विद्युत विक्री गर्न सुरु गरिएको छ । विद्युत् खरिदबिक्रीका लागि एक दिनअघि प्रतिस्पर्धा गर्ने गरी (डे अहेड मार्केट) नेपालले मंगलबार मध्यरातबाट ३९ मेगावाट विद्युत विक्री गर्न सुरु गरेको हो ।

नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालका जलविद्युत् विकासको ठूलो ढोका खुलेको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार हाल दैनिक कुल १६ सय मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । बेलुकको समयमा १४ देखि १५ सय मेगावाट विद्युत खपत हुन्छ । दिउँसो र बेलुकाको समयमा विद्युत खपत कम छ । यो सन्दर्भमा विज्ञहरु भने नेपाल अझै पनि विद्युत बेच्ने अवस्थामा नभएको तर्क गर्छन ।

प्राधिकरणले विद्युत उत्पादनमा नेपाल आत्मनिर्भर भएको दावी गर्दै आएको छ । उपभोतmाहरुलाई सके जति धेरै विद्युत उपभोग गर्न आह्वन नै गरिरहेको छ । तर प्राधिकरण अझै पनि उपभोतmमैत्री हुन भने सकेको छैन । हरेक तहतप्कामा विद्युतको पहुँच र प्रयोग बारे नागरिक वेखबर छन । कुल जनसंख्याको ९० प्रतिशत नागरिका विद्यूतको पहुँचमा छन् । विद्युतको पहुँचमा रहेका करिब ४२ प्रतिशत नागरिकले २० युनिट भन्दा पनि कम विद्युत उपभोग गर्छन ।

अर्कोतर्फ गाउँघरमा मात्र होइन उपत्यकासँगै शहरी क्षेत्रमा पटक–पटक बिजुली जाने समस्या नयाँ होइन । १८ घण्टा लोडसेडिङको अन्त्य गरेर आम सर्वसाधरणको हाई हाई पाएका प्राधिकरण प्रमुख कलमान घिसिङको पुर्ननियुतmी पछि पनि छिन छिनमा विजुली काटिने समस्या अझै उस्तै छ । सर्वसाधरणको गुनासो प्राधिकरणसम्म नै पुगे पनि समस्याको जड प्राविधिक समस्या भएको भन्दै प्राधिकरण पन्छिदै आएको छ ।