काठमाडौँ – तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाइदिएको छ । पहिलादेखि नै धरासयी भएको त्यहाँको अर्थव्यवस्था यो कदमपछि थप खस्किने बताइएको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अबदेखि घरेलु लेनदेनमा कुनै व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उनीमाथि कारवाही गरिने चेतावनी पनि दिएका छन् । १५ अगस्टमा देशमाथि कब्जा जमाएपछि अफगानिस्तान मुद्रा ‘अफगानी’ को मूल्य असाध्यै खस्किएको छ । देशको विदेशी मुद्राको भण्डार अन्तरराष्ट्रिय समुदायले फ्रिज गरेको छ । बैंकले तरलता अभावको सामना गरिरहेको छ र संसारका धेरैजसो देशले अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिने मूडमा छैनन् ।
हालको समयमा अफगानिस्तानभित्र थुप्रै व्यापारिक लेनदेख अमेरिकी डलरमार्फत् भइरहेको छ । र पाकिस्तानको सीमासँग जोडिएको इलाकामा पाकिस्तानी रुपैयाँ चलनमा छ ।
प्रतिक्रिया