समाचार

घट्यो सुनको मुल्य



काठमाडौँ – बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँपनि मूल्य घटेको हो ।

महासंघका अनुसार बुधबार प्रतितोला सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।