राजनीति

नेकपा एकीकृत समाजवादीको बैठक बस्दै



काठमाडौँ – नेकपा (एकीकृत समाजवादी ) ले सचिवालय बैठक बोलाएको छ ।

बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । उँहाका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।