राजनीति

प्रधानन्यायाधीश शमशेर जबराले तोके बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास



काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १५ जना न्यायाधीशहरूका लागि आज इजलास तोक्नुभएको छ । जबराले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोक्नुभएको हो । उहाँले सबै बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोक्नुभएको छ

एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राख्नुभएको छैन् ।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबराले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए । भोलिदेखि चार दिन तिहार बिदा हुनेछ ।