राजनीति

प्रस्तावित ३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरू


काठमाडौँ – सरकारले राजदूतमा सिफारिस गरेका तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ ।

संघीय संसद सचिवालयले आज सूचना निकालेर राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएका ज्ञानचन्द्र आचार्य, शंकरप्रसाद शर्मा र श्रीधर खत्रीविरूद्ध उजुरी भए दिनका लागि आह्वान गरेको छ । राजदूतमा नियुक्त गर्न उपर्युक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित कात्तिक २६ गतेभित्र संसदीय सुनुवाइ समितिको कार्यालयमा उजुरी दिन आह्वान गरिएको छ ।

मन्त्रिपरिषद बैठकले बेलायतको राजदूतमा आचार्य, भारतको राजदूतमा शर्मा र अमेरिकाको राजदूतमा खत्रीलाई सिफारिस गरेको थियो । राजदूत नियुक्त गर्न संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्छ । संसदीय समितिबाट अनुमोदन नभए नियुक्तिको बाटो बन्द हुने छ ।