समाचार

राति ९ बजे पछि काठमाण्डौमा देउसीभैलो खेल्न रोक



काठमाडौँ – काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो ।

प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न पनि अनुरोध गरेको छ । देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न प्रशासनले भनेको छ ।

पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अनुरोध गरेको छ ।