राजनीति

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त


काठमाडौँ – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राई नियुक्त हुनुभएको हो । नवनियुक्त मुख्यमन्त्री राईले आजै सानो मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, जसपाका नेता जयराम यादव सामाजिक विकास मन्त्री, काङ्ग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, काङ्ग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख तथा राज्य मन्त्रीले मुख्यमन्त्री समक्ष शपथग्रहण गरेका छन् । यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आजै दावी पेश गर्नुभएको छ ।