समाचार

मंगलबार स्थानीय बजारमा बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ – मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार भने ९२ हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन यसअघि ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोमा आज ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।

चाँदी भने आज प्रतितोला १० रुपैयाँले बृद्धि भएको छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।