समाचार

नेपालगञ्ज विमानस्थलमा ठोक्कियो सीता एअरको जहाज बँदेलसँग



काठमाडौँ –मंगलबार नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थल स्रोतले बताएको छ।

जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको बुझिएको छ ।अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए ।