राजनीति

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा


काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताउनुभएको छ ।

राजीनामा दिँदै शाहीले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई समर्थन गर्नेसमेत घोषणा समेत गर्नुभयो । यससँगे कांग्रेसबाट नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने हुनुभएको छ । राजीनामा दिनुअघि प्रदेशवासीका नाममा सम्बोधन गर्दै शाहीले आफ्नो सरकारले गरेका कामबारे लामो चर्चा गरेका गर्नुभएको थियो ।