देश

जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका छैन : राष्ट्रपति भण्डारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताउनुभएको छ । सोमबार मनाङ पुग्नुभएकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत् सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपश्चात् बोल्दै जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको बताउनुभयो ।

जलवायुलाई प्रतिकुल बनाउन नेपालको कुनैपनि भूमिका नरहेको उल्लेख गर्दै उहाँले विश्वका अन्य देशहरुले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्नुपरेको बताउनुभयो । उहाँले जलवायु अनुकुलनका लागि विश्व समुदायको ध्यान जानुपर्ने बताउनुभयो ।

विशेषगरी शक्ति राष्ट्रहरुको ध्यान जान जरुरी रहे पनि नेपालले पनि वातावरण र पर्यावरणलाई अनुकूल पारिराख्नुपर्ने बताउनुभयो ।