राजनीति

बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने


काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले आज फैसला नसुनाउने भएको छ ।

गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाईका लागि आज तोकेको थियो । न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले आज निर्णयको पेशी नहुने भएको हो ।
न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतमा रहेकाले निर्णय सुनाउने पेशी स्थगित हुने बताइएको छ ।