राजनीति

देशमा भ्रष्टाचार बढेकोप्रति माधवकुमार नेपालको चिन्ता


काठमाडौँ – नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजीत कार्यक्रममा नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो । उहाँले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो बिरोध रहेको बताउनुभयो ।