राजनीति

लोकतन्त्र जोगाउन म नै सभापति बन्नु पर्छ : प्रकाशमान सिंह


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउनकै लागि भए पनि आफू सभापति बन्नु पर्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले विधि र पद्धतीको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छोड्यो भने जनताले विश्वास नगर्ने चिन्ता व्यक्त गरे । ‘देशमा लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतीको स्थापना गर्नुपर्दछ,’ उनले भने ।

लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचक्र्याई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको नेता सिंहको भनाइ छ । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताए ।