राजनीति

सभामुख सापकोटा संसदीय प्रणालीकै कलंक भएको ओलीको आरोप


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिनु भएको छ । अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाईला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजा गरेको एक कार्यक्रममा बोल्दै उहाँले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भिर आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गर्नु भयो । उहाँले नेपाली काँग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गर्नु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टी एकतावद्ध रहेको दावी समेत गर्नु भयो ।