समाचार

बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी



काठमाडौँ– काठमाडौंको बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका-४ स्थित पासिकोट शिब मन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्यास सिलिन्डर पड्किएर शुक्रबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ५० हजार रुपैयाँ जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यता, काभ्रेको पाँचखाल नगरपालिका -५ बस्ने देवराज बिकको माहालक्ष्मी फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा फर्निचर मेशिन र फर्निचर लगायतका सामान पूर्णरुपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।