काठमाडौँ – सैन्य कू को विरोधमा प्रदर्शन उत्रिएकाहरुमाथि सुरक्षा बलले गोली चलाउँदा सुडानमा अहिले भयावह स्थिति निम्तिएको छ । बिहीबार राजधानी खार्तुममा लगातार चौथो दिन प्रदर्शनकारी र सुरक्षाकर्मीबीच मुडभेडको छ ।
अमेरिका र संयुक्त राष्ट्रसंघले सैन्य शासकमाथि निरन्तर दबाब दिइरहेका छन् । सोमबार अपदस्थ गरिएको प्रजातान्त्रिक सरकारलाई पुनःस्थापना गर्नुपर्ने दबाब उनीहरुले दिएका हुन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै बिना शर्त वार्तामा बस्नका लागि सबै पक्षलाई आग्रह गरेको छ ।
यता, अमेरिकी राष्ट्रपति जोड बाइडेनले आफ्नो देशको समर्थन प्रदर्शनकारीहरूलाई रहेको बताएका छन् । जनरल अब्देल फतेह अल बुर्हानले सोमबार प्रधानमन्त्री अब्दुल्ला हम्दकलाई नजरबन्द गर्ने सैनिक शासन लागू भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया