समाचार

दुर्गाप्रसादलाई जेलबाट छुटाउने दुई भारतीय नागरिक सम्मानित


काठमाडौँ – विना सुनुवाइ ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित भएका छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अम्बारसिनाग विश्वास र हीरक सिन्हालाई महावाणिज्य दूत ईश्वरराज पौडेलले सम्मान गरेका हुन् । विश्वास वेष्ट बंगाल रेडियो क्लबका सचिव हुन् भने सिन्हा उच्च अदालत कोलकाताका वकिल हुन् ।

दुर्गाप्रसाद लामो समयदेखि विना सुनवाइ दमदम केन्द्रीय कारागारमा बसिरहेको सूचना विश्वासले पाएका थिए । त्यसपछि वकिल सिन्हासँग समन्वय गरेर उनको नेपालस्थित परिवारको खोजी र रिहाइका लागि पहल गरेका थिए ।