राजनीति

प्रचण्डले भने – चितवनमा महाभारत हुँदैछ,कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा महाभारत हुने बताएका छन् । आगामी निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले भने, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदैछ । महाभारत हुँदैछ ।’उनले थपे यो महाभारत यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ,’ । उनले कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न पत्रकारहरुसँग अपिल गरेका छन् ।