राजनीति

संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस


काठमाडौँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको हो ।

संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अवरोध गर्दै आएको थियो । त्यस्तै बैठकले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूतका लागि सिफारिस गरिएको छ ।

यस्तै सरकारले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने निर्णय गरेको छ ।।