राजनीति

प्रधानमन्त्री देउवा बेलायत जाँदै, राष्ट्रसघको सम्मेलनमा सहभागि हुने


काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै हुनुहुन्छ । २० सदस्यीय उच्चस्तरिय भ्रमण टोलीसहित प्रधानमन्त्री देउवा बेलायत जान लाग्नुभएको हो ।
स्कटल्याण्डको ग्लास्गोमा हुने कोप २६ सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । त्यसअघि प्रधानमन्त्री देउवा लण्डनमा नेपाली समुदायका कार्यक्रम तथा अन्य विभिन्न कुटनीतिक भेटघाटमा व्यस्त रहनुहुनेछ । देउवाले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।