राजनीति

काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक


काठमाडौँ – नेपाली काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ । काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।