राजनीति

राजधानीमा प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन


काठमाडौँ – राजधानीको माइतीघर मण्डलामा प्रधानन्यायाधीशको पक्षमा युवाहरुले प्रदर्शन गरेको छ । न्यायालयको गरिमा धरापमा पर्ने गरी न्यायपालिकालाई विवादमा तानिएको भन्दै केही युवाहरूले सडकमा भेला भएर दबाब दिएका हुन् ।

इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई नियमित काममा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेका छन् । न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न र गुटबन्दीको अन्त्य गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् ।