खेलकुद

आफूलाई साथ दिन खेलकुद मन्त्री गहतराजको कर्मचारीहरुसँग आग्रह


काठमाडौँ – खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद्को र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले आपूm मन्त्रालयको गरिमा बढाउन योजना सहिज पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालय सम्हालेसँगै स्वत राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष पदमा रहने व्यवस्था रहेको छ ।