देश

न्यायालयलाई प्रधानन्यायाधीशले निकास दिन जरुरी छ : पूर्वप्रधानन्यायाधीश पराजुली


काठमाडौँ – पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले इजलासबाट पन्छिएर जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताउनुभएको हो ।

पूर्व प्रधानन्यायाधीश पराजुलीले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताउनुभयो ।
पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गर्नुभयो । रावणको अहंकारका कारण रामायणको युद्ध भएको प्रशंग निकाल्दै उहाँले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझ–बुझ पूर्ण ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।