समाचार

प्रधानन्यायाधीशसँगको भेटपछि सामूहिक छलफलमा जुटे न्यायाधीशहरु


काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटवार्ता गरेपछि न्यायाधीशहरु सामूहिक छलफलमा जुटेका हुन् ।

उनीहरुले विवादमा घेरिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग केहीबेर छलफल गरे । उनीहरुले प्रधानन्यायाधीशलाई राजीनामाका लागि आग्रह गर्ने बताइएको थियो । तर भेटपछि फेरि उनीहरु सामूहिक छलफलमा बसेका छन् । सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले मंगलबार राणासँग भेटवार्ता गरेका हुन् ।

सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशहरुले त्यो क्रम मंगलबार पनि जारी राख्ने सम्भावना छ । राणाले पेशी तोकेका छन् । तर मुद्दाको सुनुवाई भने अनिश्चित छ ।

यसैबिच नेपाल बार एसोसिएसनको सल्लाहकार परिषदको बैठक मंगलबार बस्दैछ । सो बैठक मार्फत नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने तयारी गरेको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार नै राणाको राजीनामा माग गरिसकेको छ । प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व गर्न असफल रहेको भन्दै सर्वोच्च बारले मार्गप्रशस्त गर्न आह्वान गरेको हो ।