समाचार

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या


काठमाडौँ – झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । टोक्ने क्रममा नै उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

जोखाना हेर्दै ती धामीले छोरीलाई पनि श्रीमतीलाई जस्तै पेटमा बेस्सरी टोके । उनी पनि बेहोस् भईन् । रातभरको उपचारपछि विहानसम्म पनि आमा छोरीको होस नखुलेपछि धामी हडबडाए । एक्लै छटपटाएर घरबाट भाग्न खोजे । त्यतिन्जेल छरछिमेकले पनि आमा छोरीको ज्यान गईसकेको मेसो पाए । होहल्ला भयो । प्रहरीलाई खबर पुग्यो । पछि प्रहरीले पुरै घर घेरेर ती धामीलाई नियन्त्रणमा लिईयो । ज्यान मारेको आरोपमा हिरासतमा राखि उनीमाथि इलाम प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीमाथि थप अनुसन्धान गर्न जिल्लाबाट विशेष टोली समेत परिचालन भएको छ ।