काठमाडौँ – सर्लाहीमा कार्यालय क्षेत्रमै तास खेलेको भिडियो सार्वजनिक भएपछि कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी खोसिएको छ । जागिर खोसिनेमा प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरीका एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरीका प्रमुख गंगाराम श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई जिम्मेवारीबाट हटाएपछि रिक्त भएको पदको पुर्ति पनि गरिसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रजिअको स्थानमा बाबुराम खतिवडालाई जिम्मेवारी दिइएको छ । त्यस्तै एसपी राठौरको स्थानमा कृष्ण प्रसाईलाई राखिएको छ भने सशस्त्रका एसपी श्रेष्ठलाई हटाएर भरत खनियाँलाई जिम्मेवारी दिएको छ ।
देश
प्रतिक्रिया