राजनीति

मंगलबारदेखि गोला प्रथाबाट पेशी तोक्ने प्रधानन्यायाधीशको प्रतिवद्धता


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा प्रधानन्यायाधीशले पर्सि (मंगलबार) देखि गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो ।