राजनीति

बार एसोसिएसन र प्रधानन्यायाधीशबीच भेटवार्ता


काठमाडौँ – कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ ।

प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए । शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिबद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको छ । बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेश तोक्ने प्रतिबद्धता नआए प्रधान न्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय गरेको थियो ।