काठमाडौँ – सरकारले आज र भोलि देशभरका बालबालिकाका लगि भिटामिन ए र जुकाको औषधि खुवाउदै छ । ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले आज र भोलि खुवाउन लागिएको हो । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया