राजनीति

नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश जबरालाई भेट्दै


काठमाडौँ – न्यायालय सुधारका लागि १५ दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भेट्दै छन् । प्रधानन्यायाधीशको पछिल्लो विवादको विषयमा प्रस्ट हुन बारले जबरासँग छलफल गर्न लागेको हो ।

आफ्ना कामकारबाहीका कारण प्रधानन्यायाधीश जबरा विवादमा तानिनुभएको छ । जबराका कारण सिंगो न्यायपालिका नै बदनाम भएको भन्दै पूर्वन्यायाधीश र कानुन व्यवसायीहरूले छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । प्रधानन्यायाधीशलाई भेटेपछि पछिल्ला विषयमा आफ्नो धारणा बनाउने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । बारको शुक्रबार बसेको बैठकले सर्वाेच्चमा स्वचालित पेसी प्रणाली सुरु गर्न १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको थियो ।